२०७७ फाल्गुन २६, बुधबार १४:०८ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

अमेरिकी पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएकी छिन्। मंगलबार भोग म्यागजिनसँगको अन्तर्वार्तामा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने कुरा व्यक्त गरेको हलिउड लाइफले लेखेको छ।

 

‘जब मानिसहरूले मेरा गीतलाई गम्भीर रूपमा लिदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘यस्ता समयहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, आखिर योबाट मैले के पाएँ जस्ता कुरा मनमा प्रश्न उठ्थ्यो।’सेलेनाले आफ्नो संगीत करियर डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर सुरू गरेकी थिइन्। उनले तीस भन्दा बढी गीत रिलिज गरिसकेकी छिन्।

 

अहिले उनी विश्वकै सम्मानित गायिकाको सूचीमध्ये पर्छिन् तर पनि गायन क्षेत्र आफ्नो लागि नभएको कारणउनले बताएकी छन्सन् २०२० मा रिलिज भएको उनको गीत ‘लुज यू टु लभ मी’ पछि सेलेनालाई आफ्नो करियर प्रति प्रश्न उठेको उनले बताएकी छिन्। उनका अनुसार ‘लुज यू टु लभ मी’ उनलाई अहिलेसम्मकै मन परेको गीत थियो तर त्यसले उनका फ्यानहरूका अपेक्षा मेटेको थिएन। केही गीत उनको पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि अनुमान लगाइन्छ तर सेलेनाले यो कुरा अस्वीकार गरेकी छिन्।

Selena Gomez Tells Paparazzi "You're Kind of Scaring Me" After Being Asked  About Justin Bieber | Teen Vogue

‘कयौँ मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु,’ उनले भनेकी छिन्, ‘अबका गीतहरू भने फरक तरिकाले बनाउने सोच गरिरहेको छु। संगीतबाट अवकाश लिनुअघि अन्तिम पटक नयाँ प्रयास गर्न मन छ।’अवकाश लिने विषयमा सेलेनाले खुलेर नबोले पनि धेरैले उनी संगीत क्षेत्रबाट बिस्तारै टाढा हुन सक्ने अनुमान लगाएका छन्। हाल सेलेना टेलिभिजन सिरिज ‘वान्ली मर्डर्स इन द बिलडिङ’को सुटिङमा व्यस्त छिन्। उनी यस सिरिजमा कार्यकारी निर्माताको रूपमा काम गरिरहेकी छिन्।

-अन्लाईन खबरमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर