२०७८ बैशाख २, बिहीबार १६:१५ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

नेपालगन्जः नेपालगञ्ज उप–महानगरपालिकामा भोली शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेकोछ ।

माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ ।

माक्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर