२०७८ जेष्ठ ३, सोमबार २०:०९ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

काठमाडौं । जो व्यक्तिले जीवनमा दुःख र कष्टकाे सामना गदै अगाडि बढेकाे हुन्छ र हरेक दुःख कष्टबाट पाठ सिक्ने गर्दछ उसले सफलता हात पार्छ । त्यस्तै उदाहरण हुन्, सुशान्त थापा । सानै उमेरदेखि संघर्ष गर्दै अघि बढेका उनकाे राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना थियाे । सानै उमेरदेखि फुटबल खेल्न असाध्यै रुचाउने सुशान्त अहिले एन्फा रेफ्री बनेका छन् ।

वि.स २०५९ साल जेठ १५ गते साविकको कुन्चोक गाविस वडा नम्बर ५ थापा गाउँ (इन्द्रावती ३)मा बुबा सुशील थापा र आमा शान्ता बस्नेत (थापा) को जेठो सन्तानको रुपमा उनको जन्म भएको थियो ।

उनी ४ बर्षको छँदा सब परिवारसहित जन्म ठाउँ छाडेर सपनाको शहर काठमाडौं तिर लागे र पेप्सिकोला काँडाघारीमा बसोबास सुरु भयो र उनी भिमेश्वर एकेडेमी कागेश्वरी मनोहरमा आफ्नो अध्यन सुरु गरे ।

सुशान्त अग्ला कदम र सानो उमेरदेखि राम्रो फुटबल खेल्ने भएकाले सबैको प्रिय पात्र बन्न पुगे । उनीले १० बर्षको उमेर देखि राम्रोसँग फुटबल खेल्ने अवसर पाएका थिए । उनी सानैदेखि स्कुलमा हुने विभिन्न खेलकुद फुटबल , बास्केटबल ,कवडी जस्ता प्रतियोगितामा सहभागी जनाउँदै थुप्रै ट्रफी तथा मेडलहरु समेत जित्ने गरेको थिए । तर उनले विशेष फुटबल प्रतिको माया र लगावको कारणले फुटबललाई बढी प्राथमिकता दिदैे अघि बढे ।

उनलाई फुटबल खेल्न घर परिवारबाट पनि राम्रो साथ र सहयोग मिल्यो । पढाइमा भन्दा पनि फुटबल खेल्न बढी रुचाउने सुशान्त २०७५ सालमा `ए´ ग्रेडमा एसईई पास गरे । र उच्च शिक्षा हासिल गर्न पुन: भिमेश्वर एकेडेमीमै कक्षा ११ म्यानेजमेन्टमा अध्यनसुरु गर्दै आफ्नो खेललाई पनि निरन्तरता दिदै अघि बढे ।

कुनै दिनको कुरा हो , जुन दिनको कारणले उनी रेफ्री बन्ने जोसमा लागे । सुशान जतिबेला कक्षा ८ मा अध्यनरत थिए । कुनै समय खेलमा राम्रो खेल्दा खेल्दै पनि कम अवसर पाउने सुशान्तले उक्त समय बेन्चमा बसेका थिए र उनी दोस्रो हाफमा मैदान प्रवेश गरे जसको खेल्ने शैली देखेर आफू भन्दा सिनियर दाइहरुलाई प्रभावित पार्दै आफ्नो क्षमता देखाए र उनी आफूभन्दा सिनियर दाईहरु सँग निरन्तर सुरुवाती समयबाटै खेल्ने अवसर पाउन थाले । साथै उनले पहिला पनि धेरै खेल खेलेका थिए तर उनी सिनियर दाइहरु सँग खेल्न भने उक्त अवसर नै उनको जिवनका लागि निकै सम्झन लाएक बन्यो । बिशेषत रक्षात्मक खेल खेल्ने गरेका उनी आफ्नो उचाइ अनुसारको खेल पनि उतिकै राम्रो थियो ।

उनी रेफ्री हुनेको मुख्य राय भने (राष्ट्रिय) रेफ्री हरिश कार्की, (एन्फा) रेफ्री रविन बुढाथोकी र कंञ्चन तिमल्सिनालाई जान्छ । एक दिनको कुरा थियो , उनी राष्ट्रिय रेफ्री हरिश कार्की , एन्फा रेफ्री रविन बुढाथोकी र कंञ्चन तिमिल्सिनासँगै पेप्सिकोलास्थित बिजी फुटसलमा फुटबल खेल्ने क्रममा उनले सबैको नजरमा पर्न सफल भएर उनीहरुकै साथ , सहयोग हौसला र मायाको कारण सुशान्त रेफ्री बन्ने योजनामा लागे ।

उनीले २०७६ साल असोजमा प्रदेश नम्बर ३ दोलखा चरिकोटमा बाट रेफ्री कोष पास गरि रेफ्री करिअर सुरु गरे । उनले सानै उमेरमा धेरै खेल खेलाएर थुप्रै अनुभव बटुलीसकेका छन् । सुशान्तले विगतमा कुइच कप , राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेल,यू-१९ राष्ट्रिय महिला टोली र नेपाल पुलिस क्लब महिला टोलीबीच मैत्रीपूर्ण खेल, काभ्रेपलान्चोक जिल्ला लिग , कालीकोट जिल्ला लिग , मेयर कप , अध्यक्ष कप जस्ता थुप्रै स्तरीय प्रतियोगिता खेलाइ सकेका छन् ।

साथै उनले आगामी दिनमा यहि संघर्ष र मिहिनेतले गर्दै एकदिन उनि अबस्य सफलताको शिखर पुग्नेछन् र एउटा राम्रो रेफ्री बन्नेछन् भन्ने आशा गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर