२०७८ श्रावण २५, सोमबार १७:१६ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

काठमाडौं।किरण गजमेर त्यही एक ब्यक्ती हुन जसले सारा नेपालीको शिरलाई आज फेरि एक पटक गीत सङ्गितको माध्यमबाट उच्च राख्न महत्वपूर्ण योगदान दिए,नेपाली मुलको ठिटो,अमेरिका छोडेर नेपाल आई सारा नेपालीको बिश्वास जित्दै आज नया युग लायो,थप नया गायकको संख्या बढाएको छ ।

किरण गजमेर चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता बनेका छन । शनिबार साझ भएको द भ्वाइसको ग्राण्ड फिनालेमा पब्लिक भोट मार्फत उनि बिजेता भएका हुन् ।

बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । गजमेर कोच प्रमोदको टिमबाट फिनालेमा पुगेका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेज जान पाउने भएका छन।

किरण गजमेरको परिवार भुटान सरकारबाट नि.र्ममताका साथ देश निकाला गरिएका मध्यका हुन् । त्यहाँबाट लखेटिएपछी नेपालमा शरण लिन आइपुगेका थिए किरणका आमा बुबा । उनीहरु नेपाल आएसंगै शरणार्थीको रुपमा खुदनाबारी शिबिरमा रहदा किरणको जन्म भएको थियो ।

उनको बाल्यकाल शिबिर मै बितेपनि हाल भने परिवारसहित अमेरिकामा रहदै आएका छन । किरण शिबिरमा रहदै १० वर्षको उमेर देखि नै गित गाउदै आएका थिए । उनि अमेरिका गएपनि नेपाली गितसंगीतलाई उत्तिकै माया गरेर त्यसकै सिर्जनामा लागिरहेका थिए।

किरणले जितसंगै आफुले पाएको २५ लाख रुपैया नगद समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन । आफुले पाएको रकममा थप गर्दै पुर्वमा रहेको शरणार्थी शिबिरमा एक र पश्चिममा कुनै पनि अत्यावश्यक भएको ठाउमा एक गरि दुई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै किरणले केहि रकमको कोरोनाविरुद्दको भ्याक्सिन पनि सहयोग गर्ने बताएका छन ।

जितपछीको कुराकानीको क्रममा किरणले रवि र आफु दाजु भाई भएको बताएका छन । रबिको आमालाई सम्बोधन गर्दै किरणले भने – ‘रबि मात्र हैन अब तपाईको दुई छोरा भए आमा । मलाई छोरा स्विकार्नु होला ।’ जितेको ट्रफी आफ्नो मात्र हैन रबिको पनि रहेको उनले बताएका छन ।

यस अघि सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका थिए । टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए। टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषणा गरिएको हो । यसअघिको सिजनमा पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

उक्त ग्राण्ड फिनालेको पुरा भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर