
काठमाडौ;- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एक हुने सम्भावना कम भएको बताएका छन् । आफूएए पक्षका नेताहरुलाई बोलाएको बैठकमा नेपालले अब एकता हुने सम्भावना कम भएकाले नयाँ यात्रा गर्नु पर्ने बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने छाँट नदेखाएको पनि आरोप लगाएका छन् । ओलीको कारणले एमाले फुटेकोतिर संकेत गर्दै नयाँ यात्रामा अझ बलवान भएर आउने बताएका छन ।
सम्मानजनक एकता हुन्छ कि भनेर आफूहरुले कुरेको तर ओलीको छाँटले त्यस्तो नदेखिएको उनले बताएका हुन् । एकताको प्रयास गर्दा पनि सम्भावना नभएको उनले बताएका हुन् ।तर, यो बैठकमा पनि स्पष्ट रुपमा नेपालले पार्टी
विभाजन गर्ने वा नयाँ दल खोल्नेबारे बताएका छैनन् ।आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि सहज हुनेगरि अध्यादेश अगाडि बढाएको छ!