
यी हुन रोल्पाली चेली उमेरले भर्खरै १५ वर्ष लागिन । सानै देखि गीत सङ्गितमा चासो राख्ने यी चेलिले दर्जनौं गीतहरु गाईसकेकी छिन । कक्षा ८ मा पढ्ने यी चेलिको नाम बिनिता बिस्वकर्मा हो । उनी गीतलाई लयबद्द गाउन सक्छिन ।
कोईलिको जस्तो सुरिलो भाकामा गाउन सक्छिन गीतहरु । नेपाली ,आधुनिक लगायतका लोकदोहोरि गीत समेत गाउन पोक्त चेलिले अवसर पाए साङ्गितिकी क्षेत्रमा ठूलो तहल्का ल्याउने लक्षणहरु देखिन्छ ।
पढाइ सगसगै अतिरिक्त क्रियाकलापमा समेत रुचि राख्ने यी बैनिले गाउँ ठाउमा हुने विभिन्न प्रतियोगितामा भाग लिदै दर्जनौं पुरस्कार समेत थापिसकेकी छिन । उनलाई भविस्यमा दोहोरी गायिका बन्ने ठूलो सपना रहेछ ।
उनलाई अवसर दिन सकिएमा राम्रो प्रगति गर्न सक्छिन । गाउमा अवसर कम भएका कारण चाहेर पनि आफुले आफ्नो कला प्रस्तुत गर्न नसकिएको बताईन ।मध्यम बर्गिय परिवार बाट प्रतिनिधित्व गर्ने यी चेलिलाई थप साङ्गितिक यात्राको शुभकामना छ ।