२०७९ असार ८, बुधबार १२:२५ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

असार ८ काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ ।

लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर