
आर्फैँले पालेको राँगाले हान्दा बिहिबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० बर्षीय मान बहादुर खड्का रहेका छन् ।
बिऊको लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
खड्काको शवलाई पोष्टमार्टम पश्चात निजको छोरालाई जिम्मा लगाईएको पनि तामाङले बताउनुभयो ।