२०७७ चैत्र २३, सोमबार १८:३९ गते | २०७९ जेष्ठ ८ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

संसारमा कहिलेकाहीं अनाैठा घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना तीन महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।

तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाहिं मूल लिङ्गको फेदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट निस्किएकाे छ ।

चिकित्सा भाषामा यसलाई ट्राइफालिया भनिन्छ। विश्वमा कुनै पनि व्यक्तिमा तीनवटा लिङ्ग भएको पाइएको यो नै पहिलो घटना हो । तीनवटा यौनाङ्ग भएको बालक सम्बन्धी उक्त रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केसमा प्रकाशित भएको छ ।

डाक्टरहरुका अनुसार उक्त बच्चामा पलाएका दुईवटा अतिरिक्त लिङ्गहरु विकशसत अवस्थामा थिएनन् र तिनमा युरेथ्रा लगायतका भाग पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती दुई अतिरिक्त लिङ्गलाई शल्यक्रिया गरेर फ्याँकिदिए।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर