
काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भएका वीर बहादुर तामाङलाई पक्राउ गरेको छ ।
३४ वर्षीय तामाङले १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित फस्कुमा रहेको टहरामा वीर बहादुरले बलात्कार गरेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ़्नुस
आजबाट नयाँ बसपार्कका टिकट काउण्टर बन्द
काठमाडौंको नयाँ बसपार्कको टिकट काउण्टर आजबाट बन्द भएको छ । नयाँ बसपार्ककका टिकट काउन्टर आज दिउँसोदेखि बन्द गरिएको हो । बसपार्क भित्र रहेका टिकट काउन्टर मर्मत गरी अन्तराष्ट्रिय स्तरमा स्तरोन्नति गरेर सञ्चालन गर्नका लागि आजबाट बन्द गरिएको हो ।
ल्होत्से बहुउद्धेश्यीय प्रा.लि. ले आजबैबाट टिकट काउन्टर मर्मतको काम सुरु गरिसकेको छ । केही दिनभित्रै अन्तराष्ट्रिय स्तरको बनाएर काउण्टर सञ्चालन गरिने बताईएको छ । यातयात व्यवसायीहरुले नजिकैको भवनमा अस्थाई काउन्टर बनाएर आफ्ना टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।