
✍️ अभिनय कार्की
यात्राका क्रममा; उनी मलाई असाध्यै मन परेकी युवती हुन् । उनी संग पटक पटक आँखा जुध्यो। शिर ठाडो बनाएर न त उनी बोल्न सकिन, न त म आफू । बस केहिबेर हेराहेर चलिरह्यो ।
उनी अझै पनि मेरा यी मन मस्तिष्कमा छिन् । त्यसबखत घरीघरी आँखा जुध्दा लाजले शिर निहुराएको क्षणहरु आजपनी ताजै छन् । पक्कै पनि गुरुत्व आकर्षक बलले यहाँ काम गरेको हुनुपर्छ । एकछिन जुठो थाल खोसाखोस पनि भए । अहिले सम्झदा हासो लाग्छ । यद्यपि तीघटनाहरु मैले चाहेर घटेका घटनाहरु भने होईन । हुनपनी आफुले खाएको जुठो थाल उनलाई उठाउन कसरी पो दिन सक्थे होला र ! त्यसैलेपनि उठाउन दिनु ठिक होइन भन्ने भान हुन पुग्यो / त्यो हुनु स्वाभाविक पनि हो । र आफैले उठाएर माझ्ने स्थान सम्म लगे। तर जेजती भएपनी उनको “नाम” सोध्ने साहस गर्नै सकिन । त्यत्रो हिम्मत र आट बोकेर यात्रामा निस्किएको “म” । उनको ती नशालु नयनहरुको सामु फिक्का फिक्का हुन पुगे।