
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस अवधिमा ९ हजार ५३८ नमूनाको पिसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३८१ नमूनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ५ हजारु १ सय ४७ संक्रमणमुक्त हुँदा ५३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ६ लाख १० हजार ५२१ र एन्टिजेनतर्फ २१ हजार ३३९ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ पुगेको मन्त्रालयले जनाएको छ । हाल कोरोना संक्रमणमुक्त हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।