
इश्वर बिश्वकर्मा
चरिकोट, असार १ मानिसको इच्छा, चाहना र योजनाअनुसारको काम गर्न तगारो बनेको छ, कोरोना महामारी । दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित पोखरेका अभिनय कार्कीको योजना थियो, साइकल मार्फत् नेपालका ७७ वटै जिल्लाको यात्रामा निस्कने तर उनले यो योजना तत्कालका लागि स्थगित गरेका छन् । यसको कारण हो, राक्षसी रुप लिएर फैलिएको कोरोना महामारी । यसअघि सय भन्दा बढी देशको राष्ट्रिय झन्डा सहित मेची-महाकाली पैदल यात्रा गरेका अभिनयले पैदल यात्रा सकिने बितिकै साइकलमार्फत् देशको यात्रा गर्ने योजना बनाएका थिए । सोही योजना सफल पार्ने असार ६ गतेदेखि यात्रामा निस्कने घोषणा गरी आवश्यक तयारीमा जुटेका थिए । “कोरोना महामारील गर्दा घोषणा गरिएअनुसार योजनाको कार्य धकेलिएको छ । तर कोरोना मत्थर भएपछि मेरो योजना सफल पार्ने गरी तयारी गरिरहेको छु । ” ‘फ्रस्टेशन’, ‘डिप्रेशन’ र लागु औषध दुव्र्यसनलाई त्यागौँ, समृद्ध देश निर्माणका लागि युवाहरु एकजुट बनौँ’ यही नाराका साथ सय दिनमा साइकलमार्फत नेपाल भ्रमण गर्ने उनको योजना हो । यस कार्यका लागि केही व्यक्तिहरुबाट सहयोग समेत प्राप्त भैइसकेको उनले बताए ।