
पोखरा :, एउटै पार्टी भित्रको गुट उपगुटका कारण इमान्दार नेताहरु कसरी पछाडी पर्छन भन्ने उदाहरण गण्डकी प्रदेशमा देखियो । मन्त्री बन्ने पक्का भएर दौरा सुरुवाल समेत सिलाएर सपथ खान हिँडेका एक
जना नेपाली कांग्रेसका नेता बीचवाटोवाटै फर्कनु परेको छ । माथिवाट आएको आदेशले उनको ठाउँमा एकै छिनमा अर्का ब्यक्ति मन्त्री बने । गण्डकी प्रदेशमा शुक्रवार मन्त्रीपरिषद्ले पुर्णता पाउँदा डोवाटे विश्वकर्मा भने ठूलो अन्यायमा परे ।
बिहिबारनै उनी मन्त्री बन्ने टुंंगो लागिसकेको थियो । केही दिन अघि नै उनलाई मन्त्री बन्ने भएकाले तयार रहन भनिएको थियो । त्यसैले उनी दौरासुरुवाल सिलाएर मन्त्रीको सपथ लिन पोखरा जाँदै थिए, तर बाटोमै पुग्दा उनलाई मन्त्री पद खुस्कीएको फोन आयो ।
बिहिवार कांग्रेसबाट मन्त्री बन्न मणिभद्र शर्मा कँडेल, डोवाटे विश्वकर्मा र मेखलाल श्रेष्ठको नाम टुंगो लगाइएको थियो । तर गुटको मा,रमा परे विश्वकर्मा । कास्कीका विन्दुकुमार थापालाई मन्त्री बनाउन पार्टी केन्द्रबाट दवाव आएपछि उनको नाम अन्तिम अवस्थामा हटाइयो । बिहिबार नै सपथ भएको भए सायद उनी मन्त्री बनिसक्थे । तर माओवादीसँगको वार्ताले रात परेपछि शपथको कार्यक्रम बिहीबार बाट शुक्रबार सारिएको थियोे !
रात गए अग्राख पलाए भनेजस्तै एक रातमै उनको ठाउँमा अर्कै मन्त्री बन्न आइपुगे । मन्त्रीको शपथ लिने गरी शुक्रबार बिहान १० बजे तनहुँका डोवाटे पोखरा पुग्दा मन्त्री बन्ने लिष्टवाट उनको नाम हटिसकेको थियो । हातैको मन्त्री पद फुस्किएपछि उनी निराश भएर शुक्रबार दिउँसै गृहजिल्ला फर्किएका छन् । ६६ वर्षीय सांसद विश्वकर्मा तनहुँको व्यास नगरपालिका(२ अमरपुरीका स्थायी बासिन्दा हुन् ।
राजनीति बुझ्न् सजिलो भन्ने पक्कै छैन ,यहीँबाट आनुमान गर्नु होला पद ,कुर्सी को लागि के के गर्दारहेछन!😭😭यो काण्ड कांग्रेस नेता राम चन्द्र पौडेल लाई कति चित्त दु,खो होला???