
यी हुन टिकटकमा अत्याधिक भाईरल आमा कृष्ण माया तामाङ ।उमेरले ६० वर्ष लागेपनी युवा अवस्थाकै जवानी ,जोश र जागर छ उहा मा । पारिवारिक माहोललाई हशिलो रशिलो तरिकाबाट टिकटकमा प्रस्तुत गरि सन्सार भरिका मानिसहरुलाई मनोरन्जन प्रदान गर्दै आउनु भएको छ ।
उहाँ बेलायतमा बस्नुहुन्छ । छुट्टिमा नेपाल आएको बेलामा शिशिर भन्डारिले नया नया न्युज नेपाल नामक युटुब च्यानलमा लिइएको अन्तर्वार्ता आजको शृङ्खलामा प्रस्तुत गरिएको छ । उहाको जिबनकै पहिलो अन्तर्वार्ता ।हसाएरै मुर्छा पार्ने कुराकानी ।
नातिनी आयुष्मा तामाङले टिकटक चलाउने गरेको र पछी उनै नातिनी बाट चलाउन सिकेको बताउनु भयो,अहिले आमाको टिकटक भिडियोहरुले मिलियन क्रस भ्युज पाउँछन् ।आफुलाई सबैले माया गरेको देख्दा कुरा गर्दागर्दै आँसु झार्नु भयो । यो खुशिको आँसु थियो उहाको ।
कृष्ण माया तामाङ आमा अब ६-७ महिनाको लामो बसाईपछी फेरि बेलायत नै फर्किने बताउनु भयो । आमा र उहाँ नेपाल आउनु भएको बताउनु भयो,छोराछोरी नातिनातिना आमा र श्रीमान लगायतका ८ जना सदस्यहरु बेलायत मै बसेको बताउनु भयो । उहाले अन्तर्वार्ता लिईएकोमा शिशिर भन्डारिलाई धन्यवाद समेत दिनु भयो ।
अब सुनौ आमा सगको रमाईलो कुराकानी :