२०७८ असार ८, मंगलवार ०९:०५ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

दोलखा । दोलखा जिल्लामा उल्लेख्य सङ्ख्यामा बालबालिका समेत कोरोना महामारी (कोभिड १९) बाट संक्रमित बनेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ सय २५ जना बालबालिका रहेका छन् । तथ्याङ्क अनुसार दोलखामा कूल संक्रमित सङ्ख्याको ११ दशमलव १३ प्रतिशत बालबालिका रहेको देखाएको छ ।

संक्रमित बालबालिका मध्य एक जनाको मृत्यु समेत भएको छ । जिल्लामा १० बर्ष मुनिका बालक २४ जना र बालिका १८ जना गरी ४२ जना र १० देखि १९ बर्ष उमेरका बालक ८८ जना र बालिका ९५ जना गरी एक सय ८३ जना कोरोना संक्रमित रहेका छन् ।

जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकाबाट प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा बालबालिकाहरू संक्रमित बनेका छन् । भीमेश्वर नगरपालिकामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७४ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो । जसमा १० बर्ष मुनिका २० जना र १० देखि १९ बर्ष उमेरका ५४ जना रहेको खड्काले बताउनु भयो ।

त्यसैगरी तामाकोसी गाउँपालिकामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७२ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनु भयो । जसमा १० बर्ष मुनिका बालबालिका ११ जना र १० देखि १९ बर्ष उमेरका ६१ जना रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताउनु भयो । जिल्लाको बैतेश्वर गाउँपालिकामा सबैभन्दा कम बालबालिका संक्रमित भएको तथ्याङ्कले देखाएको छ ।

प्राप्त तथ्याङ्क अनुसार बैतेश्वर गाउँपालिकामा दुई जना बालक र एक जना बालिका गरी तीन जना बालबालिका संक्रमित बनेका छन् । तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्र बालबालिकाहरू घरभित्रै बसिरहन नसक्ने, अभिभावक संक्रमित भएको अवस्थामा उनीहरूको सम्पर्कमा पुगिरहने जस्ता कारणले बढी संक्रमित भएको पाइएको बताउनु हुन्छ । १८ बर्ष मुनिका बालबालिकाहरूको लागि खोपको समेत परिक्षण भई नसकेको अवस्थामा अभिभावकहरूले बढी सतर्कता अपनाउनु पर्ने मिश्रको भनाई छ ।

चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डक्टर विनोद दंगाल कोरोनाको इन्डियन भेरियन्टबाट बढी मात्रामा बालबालिका प्रभावित भएकोले नेपालमा पनि त्यसेको प्रभाव देखिएको बताउनु हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने, संक्रमित अभिभावकको सम्पर्कमा रहने जस्ता कारणले पनि बालबालिकाहरूमा संक्रमण बढी देखिएको डाक्टर दंगाल बताउनु हुन्छ ।

अहिलेसम्म १८ बर्ष मुनिका बालबालिकाहरूको लागि खोपको परिक्षण नभएको तथा तेस्रो भेरियन्टबाट बालबालिकाहरू बढी प्रभावित हुने विज्ञहरूको विश्लेषण रहेकोले पनि उनीहरूको स्वास्थ्यको बारेमा बढी सतर्क रहनु पर्ने डाक्टर दंगालको भनाई छ ।

बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउन पोसिलो खानेकुरा दिने, संक्रमित अभिभावकको सम्पर्कबाट टाढा राख्ने, नियमित रुपमा साबुन पानीले हात धुन लगाउने जस्ता कार्यगर्नु पर्ने डाक्टर दंगालको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर