२०७८ असार १६, बुधबार ००:१२ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

एजेन्सी । १६औं संस्करणको युरोप कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डले जित हात पारेको । उसका लागि खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले लुक शको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् ।

उक्त जित सँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टोली बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ । अब इंग्ल्याण्डले स्विडेन र युक्रेनबीचको बिजेता सँग क्वाटरफाइनल प्रतिस्पर्धा गर्नेछ ।

इंग्ल्याण्ड समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  ।

जर्मनी ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर