२०७८ श्रावण ५, मंगलवार ०९:५४ गते | २०७८ माघ १० | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

काठमाडौं : बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले साउन १ गते (आज) देखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर रकम बढाएको छ ।

मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले कर बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३,००० रुपैयाँ पुर्याइएको छ ।

यसअघि (दुई पाङ्ग्रे)यस सेगमेन्टको सवारी साधनको ट्याक्स अधिकतम २,८०० रुपैयाँ रहेको थियो । यस्तै, १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६,५०० रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११,००० रुपैयाँ गराएको छ ।

भने ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २०,००० र ३०,००० नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० बाट देखि एकहजार वाटसम्मका सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २,५०० रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३,००० रुपैयाँ कर कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यी बाहेक सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सवारी साधन नामसारी गर्दा गरिने ।

सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ । अन्य शुल्क (फाइन) बापत भने पहिलो ३ महिनाको लागि एक हजार रुपैया लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले सनाखतको अवधि १ वर्षको लागि मात्र मान्य हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर