२०७८ कार्तिक ४, बिहीबार १७:५८ गते | २०७८ मंसिर १८ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

मीठो दोहोरी गीत गाएर चर्चामा आएका सुरेश बिसी लामो समयदेखि बे पत्ता छन् । उनको मरे ज्यूँदोको खबर नभएको भन्दै उनी आमाले छोराको खोजिको लागि अनुरोध गरेकी हुन ।

 

लोक दोहोरीमा निकै चोटिला शब्द प्रहार गर्न सक्ने र बाध्यबादन तर्फ पनि अलराउण्ड क्षमता भएका सुरेश बिसी झण्डै एक वर्षदेखि बेप त्ता भएका हुन ।

 

२०७० साल तिरै बसभित्रै लाइभ दोहोरी गायर चर्चामा आएका सुरेशका केही चर्चामै रहेका लाइभ दोहोरी गीतहरु अझै पनि युट्युवमा छन् । सुरेश बिसी लामो समयदेखि बागलुङ्ग जिल्लाको बरेङ गाउँ पालिका वडा नंं ४ को सल्यानमा घर भएका उनी काठमाडौंमा रहेर विभिन्न दोहोरी साँझहरुमा काम गर्दै आएका थिए भने कोभिड १९ को पहिलो प्रकोप सुरु भएपछि उनी घर गएका थिए ।

 

एक छोरा र एक छोरीका बाउ समेत भइ सकेका उनीको श्रीमतीसँग खास सम्बन्ध राम्रो नभएको बुझिएको छ । उनी बुटवलमा आएर केही समय काम गरेर बसेको र दुइ श्रीमान श्रीमतीको बीचको सम्बन्धमा चिसोपना भएकै कारण श्रीमतीले अँन्तै बिहे गरेपछि चिन्तामा परेका सुरेश श्रीमतीले बिहे गरेको ३–४ दिनपछि बुटवलबाट काठमाडौं गएको भन्ने जानकारी सुरेशकी दिदीले दिएकी छन् ।

 

काठमाडौंका लगभग सबै दोहोरी साँझहरुको काम गरिसकेका उनको बारेमा जानकारी लिने प्रयास गरेको तर कसैलाई पनि उनको पछिल्लो अवस्थाको बारेमा जानकारी नभएको बताएको सुरेशसँग धेरै गितहरुमा सहकार्य गरेका गायक टेकेन्द्र बोहोरा बताउँछन् ।

बुटबलबाट काठमाडौंमा आएर आफुलाई पनि भेटेको र श्रीमतीले छोडेको चिन्तामा रहेका उनलाई आफुले सम्झाइ बुझाइ गरेको बताउने टेकेन्द्रलाई भोली भेट्छु भनेर छुटेका सुरेश त्यसपछि आफ्नो पनि सम्पर्कमा नआएको बताउँछन् ।

 

आखिर कहाँ गए त सुरेश ? सुरेशका बाबा केही वर्ष पहिले भारतमा बितेका थिए भने आमा र दिदी र भाइहरु हाल भारतमा छन् उनीहरुसँग बुझ्दा आफुहरुले अहिलेसम्म खोजि गरिरहे पनि कतै खबर पाउन नसकेको र भारतमै पनि सबैलाई खबर गरेको तर लामो समय बितिसक्दा पनि खबर नपाउँदा पीडामा परेको बताउँछन् ।

धेरै लोक दोहोरी पारखीको मन जित्न सफल एक गायक यसरी झण्डै ७–८ महिनादेखि बेपत्ता भएको खबर सार्वजनिक भएको हो ।
हेर्नुस भिडियो मा।।

 

 

https://youtu.be/VBaiDEDC_-

प्रतिक्रिया

सम्बन्धित खवर