२०७८ मंसिर १०, शुक्रबार ०८:४८ गते | २०७८ माघ ११ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

यद्यपि हरेक जिल्लाबाट यकिन तथ्याङ्क आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नवलपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरूबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए

‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरूबाट बुक भएको छु’ उनले भने ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’ उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरूले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्युठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

साभर्#
नेपाल समाचार।।

प्रतिक्रिया

सम्बन्धित खवर